ad

Tuesday, September 25, 2018

कालीगण्डकीको मर्मत छिटो गर्न कुलमानले दिए निर्देशन, दैनिक तीन करोड ५० लाख घाटा

कालीगण्डकीको मर्मत छिटो गर्न कुलमानले दिए निर्देशन, दैनिक तीन करोड ५० लाख घाटा

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत परियोजना कालीगण्डकी जलविद्युत आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ ।
आयोजना यही असोज ७ गतेदेखि बन्द नै गरेर मर्मत शुरु गरिएको छ । मर्मत आगामी कात्तिक ६ गतेसम्म चल्ने छ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा ब्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ ।
कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक तीन करोड ५० लाख घाटा हुने भएकाले एक दिन भएपनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।
मर्मतको बारेमा जानकारी लिन आज आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण सञ्चालक समितिका सदस्यले एक दिन भए पनि चाँडो मर्मत सक्न मर्मत कार्यमा संलग्न प्राविधिक तथा कर्मचारीलाई आग्रह गरेका हुन् ।
हाल आयोजना पूर्णरुपमा बन्द गरिएको छ । यस्तै यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिनेछ ।
आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेष गरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात २५ दिन लाग्ने छ ।
देशकै ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि भने कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा समस्या पर्नेछ ।
आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकाले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
यही असोज ७ गतेदेखि नै मर्मत शुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्योहोर्नु पर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफैंले मर्मत गर्नुपर्ने भएकाले हतार गरिएको प्राधिकरणको भनाइ छ ।
हिउँदको समयमा मर्मत गर्दा देशव्यापीरुपमा नै विद्युत् उपलब्ध गराउन समस्या पर्ने भएकाले वर्षाको समयमा नै आयोजना बन्द गरेर मर्मत थालिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
आयोजनाको नियमित मर्मत गर्नुपर्ने कार्यसूचीअनुसार नै मर्मत गरिएको जानकारी दिँदै उहाँले दशैँ तिहारजस्ता ठूला चाडबाडको बीचमा पार्दा विद्युत् आपूर्तिमा समस्या नहुने बताए ।
विशेष गरी विद्युत् उत्पादन गर्ने मेशिनको भल्भमा समस्या देखिएको थियो । मर्मतका लागि नेपाली प्राविधिक टोली र जापानी प्राविधिकसमेत संलग्न रहेका छन् ।

नेपालको पुनर्निर्माणबारे अमेरिकामा छलफल हुने



उक्त कार्यक्रममा प्रस्तुतिका लागि  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली मंगलबार राति त्यसतर्फ जाँदैछन् । 
उनले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको प्राधिकरणले जानकारी दिएको छ ।कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक लगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु’, उनले भने ।कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ ।संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं  विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको  प्रस्तुति पनि रहनेछ ।अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा-छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्कनेछन् ।

Tuesday, September 4, 2018

रवि सर को जन्म दिनको अवसरमा खुशीको पल संगै लाख लाख शुभ कामना व्यक्त गर्दछौं।

तीन करोड नेपालीहरुका आश, आस्था र भरोसा का साझा ढुकुटी रवि सर को जन्म दिनको अवसरमा खुशीको पल संगै लाख लाख शुभ कामना व्यक्त गर्दछौं।


      वहाँको कर्म प्रति सबै प्रेरित भई सबै न्याय प्रेमी आम नेपाली दाजु भाई दिदी बहिनीहरू रविमय गंगामा नै समाहित भई वहाँले देश समृद्धिको लागि लिएको संकल्प मा हाम्रो सदा ठूलो आश र समर्थन को लावा लस्कर लागोस।सबैमा राम्रा रवि हाम्रा रवि लाई नै चुन्ने सौभाग्य मिलोस।
   जीवनको यात्रा सबैको रविमय गंगामा मिलोस।
    साराको मनमा उमंगको चंगा खिलोस।।
रवि सर को जन्मदिनमा यि शब्द हारहरू लगाउदै शुभ कामना व्यक्त गर्दछौं।
   जय रवि हाम्रा रवि राम्रा रवि जय होस सबैको।

म्याद सकियो, सडक उस्तै

सडकको जीर्ण अवस्थाकै कारण सर्वसाधारण सिन्धुली खुर्कोट हुँदै मन्थली मार्ग प्रयोग गर्न बाध्य

दोलखा — दोलखाको ‘लाइफ लाइन’ मानिँदै आएको लामोसाँघु–जिरी सडकलाई १० दिनभित्र सुधार्ने प्रतिबद्धताको अवधि सकियो तर सडकको अवस्था नाजुक नै छ ।


स्तरोन्नति गर्ने क्रममा अधकल्चो छाडिएको उक्त सडकमा साना सवारीसाधन चल्न सक्दैन । ठूला सवारीसाधन पनि हिलो र खाल्डाखुल्डीले ठाउँठाउँमा फस्छ । एक वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले ढिलासुस्ती भएपछि दोलखा सदरमुकाम चरिकोटमा भदौ ८ गते प्रदेशसभा सांसदहरूले बैठक राखेका थिए । उक्त बैठकमा ठेकेदारहरूले १० दिनभित्र यातायात सजिलै चल्न सक्ने बनाउने लिखित प्रतिबद्धता गरेका थिए ।

उक्त सडक बिग्रिएर समयमै उद्धार हुन नसक्दा बिरामीको मृत्युसमेत भएको छ । साताको एकपटक हेलिकप्टरबाट बिरामी ओसार्दा ठूलो आर्थिक भार थपिएको छ । ढुवानी रोकिँदा माथिल्लो तामाकोसी आयोजना बेलैमा सम्पन्न हुन नसक्दा लागत बढदै गएको छ । 
दोलखा जिल्लावासीहरू लामो वैकल्पिक मार्ग सिन्धुली खुर्कोट हुँदै मन्थली मार्ग प्रयोग गर्न बाध्य छन् । उक्त मार्गमा पनि पानी परेपछि ठाउँठाउँमा अवरोध हुने गरेको छ ।


तोकिएको समयमा नसुधारेर ठेकेदारले प्रदेश र संघीय सांसदलाई समेत जिल्याएको छ । पटकपटक ठेकेदार कम्पनीले उक्त सडकको कामका बारेमा विभिन्न बहाना झिक्दै ढिलासुस्ती गर्दै आएको छ । निर्माण कम्पनीको एकतर्फी लापरबाहीले सडक निर्माणमा ढिलाइ भइरहेको दाबी आयोजनाको छ ।

संघीय सरकारका संसद्, प्रदेश सरकारका मन्त्री र माननीयहरूको उपस्थितिमा जेजस्तो उपाय प्रयोग गरेर भए पनि सडकको अवस्था सुधार गर्न निर्देशन गरिएको थियो । निर्माण कम्पनीले १० दिनभित्र सडक सुधार्न लिखित प्रतिबद्धता गरेको विषयलाई सामाजिक सञ्जालहरूमा नेताहरूलाई ठेकेदारले फेरि जिल्याए भनेर प्रतिक्रिया लेखेका थिए । ठीक त्यस्तै हुने गरी फेरि पनि निर्माण कम्पनीले सडकको हालतलाई उस्तै राखेका छन् ।

चार दशकअघि स्विस सरकारले निर्माण गरेको लामोसाँघु–जिरी सडक चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ । उक्त सडक खण्डको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती कालोसूची र मुद्दामालामा फसेपछि सडकको अवस्था नाजुक हुँदै गएको हो । सुनौलो खिम्तीका साझेदार कम्पनीहरू भारतको सीमाञ्चल र नेपालको गौरीपार्वती छन् । मुढेदेखि चरिकोटसम्मको सडक निर्माणको काम सुनौलो खिम्ती, शंकर माली र भारतको सकिल हैदरले लिएका छन् ।

सुनौलो खिम्तीले काम गर्न नसक्ने जनाउँदै हात झिकेपछि अन्य ठेकेदारले कामको जिम्मा लिएका छन् । उनीहरू पनि विभिन्न बहानाबाजी गर्दै कामलाई पछि सार्दै छन् । आयोजना प्रमुख केदार नेपालका अनुसार १० दिनभित्र सडक सुधारेर यातायात सञ्चालन हुन नसक्नुमा नियमित वर्षा कारण बनेको छ ।

पहिरोको पीडा: गुम्यो सहारा

सल्यान — बाग्चौर नगरपालिका ४, सेतोगुराँसकी ८ वर्षीय सुनीता विकलाई अघिल्लो बुधबारको घटनाबारे कसैले सोधे उनी भक्कानिन्छिन् । उनकी दिदी १३ वर्षीया कमला र बहिनी पुतलाको अवस्था पनि उस्तै छ ।


आफन्तसँग बसिरहेका उनीहरूको एक सातादेखि आँखा ओभाएका छैनन् । उनीहरूमा बेला–बेला टोलाइरहने समस्या देखिएको छ ।
घटनापछि उनीहरूले राम्ररी खान र सुत्न छाडेका छन् । पढाइ पनि छुटेको छ । राति सुतिरहेका बेला घरको दलिन भाँचिएर एकै घरका पाँचजनाको मृत्यु भएको थियो । दुई बहिनी गाउँमा छिमेकीको घरमा सुत्न गएका थिए । बाबुआमा र भाइ बहिनीसहित सुतेकी सुनीताको ज्यान जोगिएको थियो ।
पहिरोमा ४० वर्षीय रामसिंह कामी, उनकी पत्नी ३५ वर्षीया रामकला, ७ वर्षीया छोरी गंगा, ६ वर्षीया प्रमिला र ४ वर्षीय रूपलालको मृत्यु भएको थियो । अभिभावकले दैनिक मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । ‘बाबुआमाले मजदुरी गरेरै भए पनि हामीलाई राम्ररी पाल्नुभएको थियो,’ सुनीताले भनिन्, ‘अब कसको सहारामा बाँच्ने ?’ बाबुआमा गुमाएको ३/४ दिनसम्म उनी अर्धबेहोस थिइन् ।
घरमा सँगै सुतेका बेला घरको तला खसेपछि आफ्नो आधा शरीर पुरिए पनि पन्छाएर बाँचेको उनले सुनाइन् । आमाबाबु कतै काममा गएको र बहिनी प्रमिला मात्र च्यापिएको अनुमान गरी उनी हजुरबुबा बोलाउन नजिकैको गाउँ गएकी थिइन् । उनी आउँदा ५ जनाको मृत्यु भएको थाहा पाएपछि बेहोस भएकी थिइन् ।
उनकी दिदी १३ वर्षीया कमलाले अहिले आफन्तको सहारामा बसिरहेको बताइन् । ‘कसैले लालनपालन र पढाइमा सहयोग गरे हुन्थ्यो,’ भावविहवल हुँदै उनले भनिन्, ‘अहिलेसम्म घटना बिर्सन सकेका छैनौं, घटनाले पीडा दिइरहेको छ ।’ पीडितलाई कर्णाली प्रदेश सरकारले १ लाख ५० हजार र जिल्ला प्रशासन कार्यालयले १ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।
सदरमुकाम खलंगास्थित एमएम एकेडेमीले कक्षा १० सम्म पूर्ण नि:शुल्क पढाउने घोषणा गरेको छ । ‘खान बस्ने व्यवस्था कुनै निकायले मिलाए हामीले पूर्ण नि:शुल्क अध्ययनको व्यवस्था मिलाएका छौं,’ एकेडेमीका प्रिन्सिपल महेश देवकोटाले भने ।

संयुक्त सैन्य अभ्यासको सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिमस्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने सहमति नभएको बताएका छन् । ‘सैन्य अभ्यास गर्ने कुरा कहाँबाट आयो ? कसको सैन्य अभ्यास ?’ प्रतिनिधि सभामा सांसदले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यस्तौ कुरा आउँछ भनेर घोषणापत्र बोकेर बसेको छु । घोषणपत्रको पूर्ण पाठ बजारभर आएको छ ।’


सैन्य अभ्यासको कुरा सांसदहरुले उठाएपछि ओलीले घोषणपत्र नै पढेर सुनाए ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद दिव्यमाणि राजभण्डारी, मिनेन्द्र रिजाल, रामबहादुर विष्ट, अमरेशकुमार सिंह, मिनबहादुर विश्वकर्मा लगायतले संयुक्त सैन्य अभ्यासको जानकारी प्रधानमन्त्रीसँग माग गरेका थिए । उनीहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सैन्य अभ्यासको सहमति नभएको बताए । एक मुलक र अर्को मुलुकको सुरक्षाकर्मीबीच तालिम आदान–प्रदान विगतदेखि नै चलिरहेको उनले बताए ।

‘मन्त्री भएका माननीयले समेत यस्तो कुरा गरेको सुन्दा छक्क परें । हाम्रा मिलिटरी कलेजमा विभिन्न देशका मिलिटरी पढ्न आउँछन् । पढ्छन् । डिग्री लिएर जान्छन्,’ ओलीले भने, ‘हाम्रा पनि अन्यत्र गएर पढ्छन् । तालिमका लागि जाने–आउने निरन्तर चलिरहन्छ ।’

नेपाली सेनाले भारत, चीन, पाकिस्तान, अमेरिकासँग अभ्यास गर्ने गरेको उनले सदनलाई जानकारी गराए । बिमस्टेक सम्मेलनले वातावरण, जनताबीचको सम्बन्धमा मात्रै केन्द्रित भएकोले संयुक्त सैन्य अभ्यासको सम्झौता नभएको उनले बताए ।

‘नेपाल मिलिटरी प्याक्ट भित्र पस्दैन,’ उनले भने । भारत र नेपालमा नयाँ प्रधानसेनापति आउने बित्तिकै मानार्थ प्रधानसेनापति हुने व्यवस्था वर्षौंदेखि रहेको उनले बताए ।

Youtube, Facebook, Instagram बाट मन परेको भिडियो कसरी Download गर्ने ।


Fix all Windows update error on windows 7,8.1,8 and 10


How To Fix Camtasia Studio has stopped working 100% fixx

आफ्नो पुरनो मोबाईल लाई कसरी Web Cam बनाएर पर्योग गर्ने । अवस्य हेर्नु पर्ने र जान्नु पर्ने ।

आफ्नो मोबाईल को applicationलाई कसरी लोक्क गर्ने । हेर्नै पर्ने लाई भिडियो

Single Mouse ले कसरी Multipale कम्प्युटर चलाऊने अवस्या हेर्नु पर्ने