Welcome to everyone on this website. You can find all updated & Technology news. Please visit my YouTube channel. (@digitaltechnepal)
ad
Saturday, August 19, 2023
Sunday, August 13, 2023
Wednesday, July 26, 2023
Sunday, July 23, 2023
Friday, July 21, 2023
Thursday, July 20, 2023
Tuesday, April 11, 2023
Friday, February 8, 2019
Monday, November 19, 2018
१८ करोडको गाडीले देशलाई के देला राष्ट्रपतिज्यू ? भन्दै जँगिइन नायिका रेखा थापा..

अहिले निकै चर्चामा रहेको बिषय हो गाडी खरिद गर्न भन्दै सरकारसँग मोटो रकम माग गरेको खबर । अहिले यो बिषय निकै चर्चामा छ । अहिले राष्ट्रपतिको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि महँगो मूल्यमा गाडी खरिद गर्न भन्दै
सरकारसँग मोटो रकम माग गरेको छ ।सरकारसँग राष्ट्रपति भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि कतिपयले राज्यकोषको सम्पत्ति उडाउन खोजेको भन्दै आलोचना गरेका छन् ।

Tuesday, October 2, 2018
मिर्गौलाको पत्थरी रोक्ने हिसाबः ३ लिटर पानी, अढाई लिटर पिसाब
१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल । हाल उनी धापाखेलस्थित सुमेरु अस्पतालमा सेवारत छन् ।
फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे विशेष तालिम (नेपालको एमसीएच तह) पूरा गरेपछि उनी स्वदेश फर्किएका थिए ।
सुरुको करिब दुई वर्ष भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण विशेषज्ञको रुपमा बिताएका डा. भुसाल केही महिना अगाडि मात्र सुमेरु अस्पताल आएका हुन् । उनी भन्छन्, ‘बदलिदो जीवनशैली, गलत खानपान तथा डिहाइड्रेसनका कारण आजकल मिर्गौला रोगको जोखिम बढ्दै गएको छ । तर अब मुत्र रोग तथा मिर्गौलासम्बन्धी रोगकै कारण नेपालमा कसैले ज्यान गुमाउनु नपर्नेमा उनी आशावादी छन्
प्रस्तुत छ, डा. भुसालले मिर्गौलाको पत्थरीमा केन्द्रित रहेर अनलाइनखबरसँग व्यक्त गरेको विचारः
सामान्यतया मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निस्कासन गर्नु हो । तर कहिलेकाहीँ शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिड लगायतका विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ ।
यसबाहेक, अन्य विभिन्न कारणले पनि मिर्गौलामा पत्थरी हुने गर्छ । जसमध्ये शरीरमा पानीको कमि प्रमुख हो । शरीरमा पानीको कमी भएमा मिर्गौलाले विषाक्त बाहिर निकाल्न सक्दैन र त्यो पत्थरीको रुपमा विकसित हुन्छ । रातो मासु लगायत प्रोटिनयुक्त खानेकुराको सेवन, शारीरिक कसरतको कमी, युरिक एसिड तथा पिसाबको नलीको संक्रमणका कारण पनि मिर्गाैलाको पत्थरी हुने गर्छ । कयौंमा प्रोस्टेट ग्रन्थीका कारण पनि यो समस्या आउने गरेको छ ।
नेपालमा एकिन तथ्यांक नभए पनि ३० देखि ६० वर्षका व्यक्तिमा मिर्गौलाको पत्थरी धेरै देखिने गरेको छ । तर, त्यसो भन्दैमा बच्चा वा वृद्धवृद्धालाई नहुने भने होइन । बच्चाहरुको हकमा जन्मदै मुत्रनलीमा अवरोध भएमा वा मुत्रनली साँघुरो भएमा, पिसाबमा पटक–पटक संक्रमण भएमा, हाइपर प्याराथाइराइडिज्म भएका व्यक्तिको रगतमा क्याल्सियमको मात्रा बढी भएमा, शरीरमा युरिक एसिड धेरै भएमा मिर्गौलाको पत्थरी हुन सक्छ ।
खाडी मुलुकमा काम गर्ने कामदारहरुमा त्यहाँको वातावरण तथा पानीको कमीका कारण मिर्गौलाको पत्थरी अत्यधिक हुने गरेको पाइन्छ ।
पानी नै रामवाण
मिर्गौलामा पत्थरीबाट जोगिने मुख्य उपाय भनेको प्रशस्त पानी पिउनु र बारम्बार पिसाब फेर्नु हो । मिर्गौलाले निकालेको पिसाबले तुरुन्तै निष्कासन पायो भने पत्थरी हुने सम्भावना क्षीण बन्छ । जबकि पिसाबमा कुनै अवरोध आयो वा रोकियो भने खतरा हुन्छ ।
बढीभन्दा बढी पिसाब निकाल्नका लागि बढी पानी पिउनै पर्छ । दिनमा कम्तीमा तीन लिटर पानी पिउने हो वा साढे दुई लिटर पिसाब निकाल्ने हो भने मिर्गौलाको पत्थरी हुने जोखिम स्वतः न्यून हुन्छ ।
यसबाहेक, फाइबरयुक्त खानेकुरा तथा ताजा फलफूलको सेवन, खानामा एनिमल फ्याट तथा प्रोटिनको मात्रा घटाएर तथा नुनको सेवन कम गरेर पनि जोखिम घटाउन सकिन्छ ।
पत्थरी कति जटिल ?
पत्थरी भएमा पिसाब नलीमा अवरोध भई मिर्गौलाको संक्रमण हुने तथा बिग्रने गर्दछ । मिर्गौला बिग्रने बिभिन्न कारणहरुमध्ये मधुमेह प्रमुख मानिन्छ । त्यसबाहेक उच्च रक्तचाप तथा संक्रमणका कारण पनि मिर्गौला विग्रने गर्दछ । पत्थरीका कारण मिर्गौला विग्रने सम्भावना भने न्युन (करिब दुई प्रतिशत) हुन्छ तर, नेपालमा यो निकै महत्वपूर्ण छ ।
विदेशमा शंका लाग्नासाथ वा शरीरको कुनै भाग दुख्नासाथ विरामी अस्पताल पुग्ने गर्छन् । तर नेपालमा भने मानिसहरु दुखाई कम गर्न पेनकिलर औषधि खान्छन् । यस्ता पेनकिलरले उक्त दुखाई तत्काललाई कम गरे पनि रोग निको पार्दैन । र, जब त्यसले मिर्गौलालाई क्रमशः असर गर्दै लैजान्छ, मिर्गौला सुन्निदै जान्छ । र, एउटा क्षण त्यस्तो पनि आउन सक्छ, जब दुवै मिर्गौलाले काम गर्न छोड्छन् । नेपालमा अधिकांश विरामी मिर्गौलाले काम गर्न छोडेपछि मात्र अस्पताल पुग्छन् ।
यसको कारण के पनि हो भने एउटा मात्र मिर्गौलामा पत्थरी भएमा त्यसको खासै लक्षण देखिँदैन । तर पत्थरीका कारण मिर्गौला पाक्यो वा दुवै मिर्गौलाले काम गर्न छोड्यो भने मात्र लक्षण देखापर्छ ।
पत्थरीका प्रकार
मिर्गौलाको पत्थरी विभिन्न कारणले हुन्छन् । करिब दश प्रतिशत पत्थरी युरिक एसिडको कारण हुने गर्छ भने ५०–६० प्रतिशत पत्थरी क्याल्सियम अक्सालेट भन्ने तत्वले गर्दा हुन्छ ।
त्यसबाहेक संक्रमणका कारण स्टुवाइड स्टोन भन्ने पत्थरी विकसित हुने गर्छ भने विभिन्न औषधीको प्रयोगका कारण पनि पत्थरी हुने गर्छ । यस्तो पत्थरी म्याग्नेसियम एमोनियम फोस्फेट भन्ने तत्व मिलेर बनेको हुन्छ ।
दुवै मिर्गौलामा पत्थरी
सामान्यतया पत्थरी एउटा मिर्गौलामा मात्र हुने गर्छ । तर, कहिलेकाहीँ दुवै मिर्गौलामा एकैपटक देखिन सक्छ । यस्तो हुँदा दुवै मिर्गौलामा अवरोध भएर पिसाब बग्न रोकिन्छ । पिसाब नभएमा जटिल सम्भावना निम्तिने गर्छ । तर दुवै मिर्गौलामा पत्थरीको समस्या नगण्य मात्रामा हुन्छ ।
झापाका एक ४० वर्षे व्यक्ति केही समयअघि अस्पताल आएका थिए । दुवै मिर्गौलामा भएको पत्थरीका कारण उनको शरीरमा क्रियाटिनको स्तर २४ उक्लेको रहेछ । पत्थरीका कारण उनको दुवै मिर्गौला फेल भएको पाइयो । उनलाई केही समयका लागि डायलासिसमा समेत राखिएको थियो । हाल उनको दुवै मिर्गौलाको शल्यक्रिया भैसकेको छ भने क्रियाटिनको स्तर समेत २४ बाट ४ मा झरेको छ । अहिले उनलाई डायलासिसको आवश्यकता छैन ।
‘क्रोनिक रिनियल फेलियर’ भएमा मात्र मिर्गौलाको डायलासिस गर्नुपर्छ । मधुमेह तथा उच्च रक्तचापका विरामीलाई यो समस्या धेरै हुन्छ । यस्ता बिरामीको मिर्गौला क्रमशः बिग्रदै गएर खुट्टा सुन्निने, सास फेर्न समस्या हुने भएमा उनीहरुलाई डायलासिसको आवश्यकता पर्दछ ।
पत्थरीका कारण एउटा मिर्गौलामा अवरोध भएमा क्रियाटिनको मात्रा अचानक उच्च हुने गर्छ । त्यस्ता व्यक्तिको हकमा डायलासिसको सट्टा ड्रनेज, इन्टरभेन्सन लगायतका विभिन्न विधि अपनाइन्छ । तर कहिलेकाहीँ पत्थरीका कारण दुवै मिर्गौला फेल भएमा भने त्यस्ता व्यक्तिलाई केही समयका लागि डायलासिसमा राख्नु पर्छ ।
जब लक्षण देखिँदैन
पत्थरी मिर्गौलाभित्र पनि हुनसक्छ, बाहिर पनि । तर अक्सर पत्थरी मिर्गौलाभित्र नभएर पिसाब नलीमा हुन्छ । पत्थरीका कारण पिसाब बग्ने नलीमा अवरोध सिर्जना भएमा असह्य पीडा हुन्छ ।
तथापि, सबै पत्थरीको लक्षण देखिँदैन । कुनै–कुनै पत्थरी आकारमा त ठूलो हुन्छ तर त्यसले पिसाबको नलीमा जरा गाडेर बसेको हुनाले पिसाबलाई रोक्दैन । त्यसैले यसको कुनै लक्षण नदेखिन पनि सक्छ । लक्षणविना पनि पत्थरीले बिभिन्न किसिमको संक्रमण निम्त्याउन सक्छ । विशेषगरी पिसाब नलीमा व्याक्टेरियाका कारण संक्रमण हुन सक्छ । उक्त संक्रमणका कारण मिर्गौलामा असर परिरहेको हुन्छ ।
एकपटक मिर्गौलामा पत्थरी भएका व्यक्तिलाई दोहोरिने सम्भावना उच्च हुन्छ । त्यसैले एकपटक पत्थरी भएका व्यक्तिले यसको कारण र रोकथामका उपायबारे राम्ररी जान्न आवश्यक छ । अधिकांश व्यक्तिमा पाँच वर्षको दौरान अर्को मिगौलामा पत्थरी हुने सम्भावना उच्च हुने गर्छ ।
नेपालमा उपचारको अवस्था
मिर्गौला सम्बन्धी रोगको उपचारमा फड्को मार्ने देशहरुमध्य नेपाल प्रमुख हो । उच्चस्तरीय प्रविधि, आधुनिक उपकरण लगायतको प्रयोगद्वारा नेपालले मिर्गौला रोगको उपचारमा निकै प्रगति गरेको छ । आधुनिक प्रविधिद्वारा जस्तोसुकै पत्थरीको पनि उपचार नेपालमा सम्भव छ ।
मिर्गौलामा हुने पत्थरीको प्रकृतिका आधारमा त्यसको उपचार फरक हुने गर्छ । विशेषगरी ६ एमएमसम्मको पत्थरीमा खासै उपचार आवश्यक पर्दैन । जबकी १५ एमएमभन्दा माथिको पत्थरी भने निकाल्नु राम्रो हुन्छ ।
पत्थरी विभिन्न तरीकाले निकाल्न सकिन्छ । यदि कुनै पत्थरी युरिक एसिडका कारण विकसित भएको हो भने त्यसलाई औषधीद्वारा पगालेर पनि सजिलै निकाल्न सकिन्छ । यदि कुनै पत्थरी दुई सेन्टिमिटरको छ र त्यसले पिसाबमा अवरोध गरेको छ भने भित्रै फुटाएर हटाउन सकिन्छ ।
त्यस्तै, कयौ पत्थरीलाई मिर्गौलामा प्वाल बनाएर पनि निकाल्न सकिन्छ, जसलाई चिकित्सकीय भाषामा ‘पीसीएनएल’ प्रविधि भनिन्छ । पछिल्लो समय यो प्रविधि नेपालमा निकै प्रचलित छ । त्यसबाहेक, कुनै–कुनै अवस्थामा चिरेर पनि पत्थरी निकाल्ने गरिन्छ । यस्तो अहिले कमै हुन्छ ।
तर यदि पत्थरीका कारण मिर्गौला पातलिँदै गएको छ वा बेलुन जस्तो फुलेको छ भने अथवा संक्रमण भई पिप जमेको छ भने त्यस्तो अवस्थामा शल्यक्रियाद्वारा मिर्गौला नै निकाल्नु पर्ने अवस्थासमेत सिर्जना हुन सक्छ ।
यो पनि जानौं
यदि मिर्गौलामा युरिक एसिडका कारण पत्थरी भएको छ भने त्यस्ता पत्थरी एक्सरेमा देखिँदैन तर, अल्ट्रासाउण्डमा देखिन्छ । यस्ता पत्थरी औषधीद्वारा पगाल्न सकिन्छ ।
तर पत्थरी ६ एमएमभन्दा कम छ र त्यसले खासै दुःख दिएको छैन भने त्यसलाई नचलाउँदा पनि फरक पर्दैन । तथापि, उक्त पत्थरी पाँच–सात वर्षभन्दा पुरानो भएमा त्यसलाई हस्तक्षेप गर्न जरुरी छ ।

Tuesday, September 25, 2018
कालीगण्डकीको मर्मत छिटो गर्न कुलमानले दिए निर्देशन, दैनिक तीन करोड ५० लाख घाटा

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत परियोजना कालीगण्डकी जलविद्युत आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ ।
आयोजना यही असोज ७ गतेदेखि बन्द नै गरेर मर्मत शुरु गरिएको छ । मर्मत आगामी कात्तिक ६ गतेसम्म चल्ने छ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा ब्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ ।
कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक तीन करोड ५० लाख घाटा हुने भएकाले एक दिन भएपनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।
मर्मतको बारेमा जानकारी लिन आज आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण सञ्चालक समितिका सदस्यले एक दिन भए पनि चाँडो मर्मत सक्न मर्मत कार्यमा संलग्न प्राविधिक तथा कर्मचारीलाई आग्रह गरेका हुन् ।
हाल आयोजना पूर्णरुपमा बन्द गरिएको छ । यस्तै यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिनेछ ।
आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेष गरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात २५ दिन लाग्ने छ ।
देशकै ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि भने कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा समस्या पर्नेछ ।
आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकाले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
यही असोज ७ गतेदेखि नै मर्मत शुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्योहोर्नु पर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफैंले मर्मत गर्नुपर्ने भएकाले हतार गरिएको प्राधिकरणको भनाइ छ ।
हिउँदको समयमा मर्मत गर्दा देशव्यापीरुपमा नै विद्युत् उपलब्ध गराउन समस्या पर्ने भएकाले वर्षाको समयमा नै आयोजना बन्द गरेर मर्मत थालिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
आयोजनाको नियमित मर्मत गर्नुपर्ने कार्यसूचीअनुसार नै मर्मत गरिएको जानकारी दिँदै उहाँले दशैँ तिहारजस्ता ठूला चाडबाडको बीचमा पार्दा विद्युत् आपूर्तिमा समस्या नहुने बताए ।
विशेष गरी विद्युत् उत्पादन गर्ने मेशिनको भल्भमा समस्या देखिएको थियो । मर्मतका लागि नेपाली प्राविधिक टोली र जापानी प्राविधिकसमेत संलग्न रहेका छन् ।
नेपालको पुनर्निर्माणबारे अमेरिकामा छलफल हुने
उक्त कार्यक्रममा प्रस्तुतिका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली मंगलबार राति त्यसतर्फ जाँदैछन् ।
उनले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको प्राधिकरणले जानकारी दिएको छ ।कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक लगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु’, उनले भने ।कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ ।संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको प्रस्तुति पनि रहनेछ ।अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा-छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्कनेछन् ।
Tuesday, September 4, 2018
रवि सर को जन्म दिनको अवसरमा खुशीको पल संगै लाख लाख शुभ कामना व्यक्त गर्दछौं।
तीन करोड नेपालीहरुका आश, आस्था र भरोसा का साझा ढुकुटी रवि सर को जन्म दिनको अवसरमा खुशीको पल संगै लाख लाख शुभ कामना व्यक्त गर्दछौं।
वहाँको कर्म प्रति सबै प्रेरित भई सबै न्याय प्रेमी आम नेपाली दाजु भाई दिदी बहिनीहरू रविमय गंगामा नै समाहित भई वहाँले देश समृद्धिको लागि लिएको संकल्प मा हाम्रो सदा ठूलो आश र समर्थन को लावा लस्कर लागोस।सबैमा राम्रा रवि हाम्रा रवि लाई नै चुन्ने सौभाग्य मिलोस।
जीवनको यात्रा सबैको रविमय गंगामा मिलोस।
साराको मनमा उमंगको चंगा खिलोस।।
रवि सर को जन्मदिनमा यि शब्द हारहरू लगाउदै शुभ कामना व्यक्त गर्दछौं।
जय रवि हाम्रा रवि राम्रा रवि जय होस सबैको।

म्याद सकियो, सडक उस्तै
सडकको जीर्ण अवस्थाकै कारण सर्वसाधारण सिन्धुली खुर्कोट हुँदै मन्थली मार्ग प्रयोग गर्न बाध्य
दोलखा — दोलखाको ‘लाइफ लाइन’ मानिँदै आएको लामोसाँघु–जिरी सडकलाई १० दिनभित्र सुधार्ने प्रतिबद्धताको अवधि सकियो तर सडकको अवस्था नाजुक नै छ ।
स्तरोन्नति गर्ने क्रममा अधकल्चो छाडिएको उक्त सडकमा साना सवारीसाधन चल्न सक्दैन । ठूला सवारीसाधन पनि हिलो र खाल्डाखुल्डीले ठाउँठाउँमा फस्छ । एक वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारको लापरबाहीले ढिलासुस्ती भएपछि दोलखा सदरमुकाम चरिकोटमा भदौ ८ गते प्रदेशसभा सांसदहरूले बैठक राखेका थिए । उक्त बैठकमा ठेकेदारहरूले १० दिनभित्र यातायात सजिलै चल्न सक्ने बनाउने लिखित प्रतिबद्धता गरेका थिए ।
उक्त सडक बिग्रिएर समयमै उद्धार हुन नसक्दा बिरामीको मृत्युसमेत भएको छ । साताको एकपटक हेलिकप्टरबाट बिरामी ओसार्दा ठूलो आर्थिक भार थपिएको छ । ढुवानी रोकिँदा माथिल्लो तामाकोसी आयोजना बेलैमा सम्पन्न हुन नसक्दा लागत बढदै गएको छ ।
दोलखा जिल्लावासीहरू लामो वैकल्पिक मार्ग सिन्धुली खुर्कोट हुँदै मन्थली मार्ग प्रयोग गर्न बाध्य छन् । उक्त मार्गमा पनि पानी परेपछि ठाउँठाउँमा अवरोध हुने गरेको छ ।
तोकिएको समयमा नसुधारेर ठेकेदारले प्रदेश र संघीय सांसदलाई समेत जिल्याएको छ । पटकपटक ठेकेदार कम्पनीले उक्त सडकको कामका बारेमा विभिन्न बहाना झिक्दै ढिलासुस्ती गर्दै आएको छ । निर्माण कम्पनीको एकतर्फी लापरबाहीले सडक निर्माणमा ढिलाइ भइरहेको दाबी आयोजनाको छ ।
संघीय सरकारका संसद्, प्रदेश सरकारका मन्त्री र माननीयहरूको उपस्थितिमा जेजस्तो उपाय प्रयोग गरेर भए पनि सडकको अवस्था सुधार गर्न निर्देशन गरिएको थियो । निर्माण कम्पनीले १० दिनभित्र सडक सुधार्न लिखित प्रतिबद्धता गरेको विषयलाई सामाजिक सञ्जालहरूमा नेताहरूलाई ठेकेदारले फेरि जिल्याए भनेर प्रतिक्रिया लेखेका थिए । ठीक त्यस्तै हुने गरी फेरि पनि निर्माण कम्पनीले सडकको हालतलाई उस्तै राखेका छन् ।
चार दशकअघि स्विस सरकारले निर्माण गरेको लामोसाँघु–जिरी सडक चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ । उक्त सडक खण्डको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती कालोसूची र मुद्दामालामा फसेपछि सडकको अवस्था नाजुक हुँदै गएको हो । सुनौलो खिम्तीका साझेदार कम्पनीहरू भारतको सीमाञ्चल र नेपालको गौरीपार्वती छन् । मुढेदेखि चरिकोटसम्मको सडक निर्माणको काम सुनौलो खिम्ती, शंकर माली र भारतको सकिल हैदरले लिएका छन् ।
सुनौलो खिम्तीले काम गर्न नसक्ने जनाउँदै हात झिकेपछि अन्य ठेकेदारले कामको जिम्मा लिएका छन् । उनीहरू पनि विभिन्न बहानाबाजी गर्दै कामलाई पछि सार्दै छन् । आयोजना प्रमुख केदार नेपालका अनुसार १० दिनभित्र सडक सुधारेर यातायात सञ्चालन हुन नसक्नुमा नियमित वर्षा कारण बनेको छ ।

पहिरोको पीडा: गुम्यो सहारा
सल्यान — बाग्चौर नगरपालिका ४, सेतोगुराँसकी ८ वर्षीय सुनीता विकलाई अघिल्लो बुधबारको घटनाबारे कसैले सोधे उनी भक्कानिन्छिन् । उनकी दिदी १३ वर्षीया कमला र बहिनी पुतलाको अवस्था पनि उस्तै छ ।
आफन्तसँग बसिरहेका उनीहरूको एक सातादेखि आँखा ओभाएका छैनन् । उनीहरूमा बेला–बेला टोलाइरहने समस्या देखिएको छ ।
घटनापछि उनीहरूले राम्ररी खान र सुत्न छाडेका छन् । पढाइ पनि छुटेको छ । राति सुतिरहेका बेला घरको दलिन भाँचिएर एकै घरका पाँचजनाको मृत्यु भएको थियो । दुई बहिनी गाउँमा छिमेकीको घरमा सुत्न गएका थिए । बाबुआमा र भाइ बहिनीसहित सुतेकी सुनीताको ज्यान जोगिएको थियो ।
पहिरोमा ४० वर्षीय रामसिंह कामी, उनकी पत्नी ३५ वर्षीया रामकला, ७ वर्षीया छोरी गंगा, ६ वर्षीया प्रमिला र ४ वर्षीय रूपलालको मृत्यु भएको थियो । अभिभावकले दैनिक मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । ‘बाबुआमाले मजदुरी गरेरै भए पनि हामीलाई राम्ररी पाल्नुभएको थियो,’ सुनीताले भनिन्, ‘अब कसको सहारामा बाँच्ने ?’ बाबुआमा गुमाएको ३/४ दिनसम्म उनी अर्धबेहोस थिइन् ।
घरमा सँगै सुतेका बेला घरको तला खसेपछि आफ्नो आधा शरीर पुरिए पनि पन्छाएर बाँचेको उनले सुनाइन् । आमाबाबु कतै काममा गएको र बहिनी प्रमिला मात्र च्यापिएको अनुमान गरी उनी हजुरबुबा बोलाउन नजिकैको गाउँ गएकी थिइन् । उनी आउँदा ५ जनाको मृत्यु भएको थाहा पाएपछि बेहोस भएकी थिइन् ।
उनकी दिदी १३ वर्षीया कमलाले अहिले आफन्तको सहारामा बसिरहेको बताइन् । ‘कसैले लालनपालन र पढाइमा सहयोग गरे हुन्थ्यो,’ भावविहवल हुँदै उनले भनिन्, ‘अहिलेसम्म घटना बिर्सन सकेका छैनौं, घटनाले पीडा दिइरहेको छ ।’ पीडितलाई कर्णाली प्रदेश सरकारले १ लाख ५० हजार र जिल्ला प्रशासन कार्यालयले १ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।
सदरमुकाम खलंगास्थित एमएम एकेडेमीले कक्षा १० सम्म पूर्ण नि:शुल्क पढाउने घोषणा गरेको छ । ‘खान बस्ने व्यवस्था कुनै निकायले मिलाए हामीले पूर्ण नि:शुल्क अध्ययनको व्यवस्था मिलाएका छौं,’ एकेडेमीका प्रिन्सिपल महेश देवकोटाले भने ।
संयुक्त सैन्य अभ्यासको सम्झौता भएको छैन : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिमस्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने सहमति नभएको बताएका छन् । ‘सैन्य अभ्यास गर्ने कुरा कहाँबाट आयो ? कसको सैन्य अभ्यास ?’ प्रतिनिधि सभामा सांसदले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यस्तौ कुरा आउँछ भनेर घोषणापत्र बोकेर बसेको छु । घोषणपत्रको पूर्ण पाठ बजारभर आएको छ ।’
सैन्य अभ्यासको कुरा सांसदहरुले उठाएपछि ओलीले घोषणपत्र नै पढेर सुनाए ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद दिव्यमाणि राजभण्डारी, मिनेन्द्र रिजाल, रामबहादुर विष्ट, अमरेशकुमार सिंह, मिनबहादुर विश्वकर्मा लगायतले संयुक्त सैन्य अभ्यासको जानकारी प्रधानमन्त्रीसँग माग गरेका थिए । उनीहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सैन्य अभ्यासको सहमति नभएको बताए । एक मुलक र अर्को मुलुकको सुरक्षाकर्मीबीच तालिम आदान–प्रदान विगतदेखि नै चलिरहेको उनले बताए ।
‘मन्त्री भएका माननीयले समेत यस्तो कुरा गरेको सुन्दा छक्क परें । हाम्रा मिलिटरी कलेजमा विभिन्न देशका मिलिटरी पढ्न आउँछन् । पढ्छन् । डिग्री लिएर जान्छन्,’ ओलीले भने, ‘हाम्रा पनि अन्यत्र गएर पढ्छन् । तालिमका लागि जाने–आउने निरन्तर चलिरहन्छ ।’
नेपाली सेनाले भारत, चीन, पाकिस्तान, अमेरिकासँग अभ्यास गर्ने गरेको उनले सदनलाई जानकारी गराए । बिमस्टेक सम्मेलनले वातावरण, जनताबीचको सम्बन्धमा मात्रै केन्द्रित भएकोले संयुक्त सैन्य अभ्यासको सम्झौता नभएको उनले बताए ।
‘नेपाल मिलिटरी प्याक्ट भित्र पस्दैन,’ उनले भने । भारत र नेपालमा नयाँ प्रधानसेनापति आउने बित्तिकै मानार्थ प्रधानसेनापति हुने व्यवस्था वर्षौंदेखि रहेको उनले बताए ।
Subscribe to:
Comments (Atom)
-
History of hard disk drives In 1953 IBM recognized the immediate application for what it termed a "Random Access File" havi...
-
CD room is known as compact disk reader room, there is available in the market two type of cd room drive internal CD drive and external CD...