ad

Tuesday, August 28, 2018

पप्पुको लापरबाहीले पुल भासिएको ठहर


बर्दिया ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको
जब्दीघाटस्थित पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ । समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको गम्भीरलापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

पुलको डिजाइनमा कुनै समस्या नरहेको उनले स्पष्ट पारे यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो कन्स्ट्रक्सनले पुल निर्माणमा मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेको हाशाखाले जनाएको छ निर्माण कम्पनीको गम्भीर लापरबाही देखियो,’ उनले भने, ‘यो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको छ
पुल गत वर्ष साउन अन्तिम साता भासिएको थियो निर्माणाधीन पुल भासिएपछि गत वर्ष भदौ तेस्रो साता ललितपुर इन्जिनियरिङ अध्ययन संस्थानका कन्सल्टेन्सी प्रमुख इन्जिनियर नारायण गौतमसहितको चार सदस्यीय टोलीले छानबिन गरेको थियो छानबिन समितिका संयोजक सडक कार्यालयका तत्कालीन क्षेत्रीय निर्देशक अयोध्या श्रेष्ठले अध्ययनक्रममा १७ वटा स्परमध्ये पूर्वतिरका वटा पिल्लरबाट बबई नदी बगेको बताए
सबै पानी पिल्लर भएकै स्थानबाट बग्नुपर्ने हो, त्यो देखिएन,’ उनले भने, ‘निर्माणकै क्रममा एउटा पिल्लर ढल्किएको देखिन्छ, पायल पन्च भएको पाइयोपप्पु कन्स्ट्रक्सनले १६ करोड ६८ लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको थियो
गत वर्ष साउन २८ गते पुल भासिएको हो पुल निर्माणकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले कमसल काम भएको भन्दै रोक्ने प्रयास गरेका थिए तर सडक डिभिजन कार्यालयले कमसल नभएको भन्दै पुल निर्माण गर्न लगाएको स्थानीय बताउँछन्
पुल भासिएपछि बबईको पानी निकास हुन नसक्दा बारबर्दियाको जब्दीघाट र गुलरियाको बेचैपुर उच्च जोखिममा परेको बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारूले बताए पुल भासिएको उत्तरतिरको छेउमा नदीले दुई महिनायता करिब पाँच बिघा जग्गा कटान गरिसकेको उनले बताए
डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख अर्जुन बमले निर्माण सामग्री कमसल र मापदण्डविपरीत भएकाले पुलको विकल्प दिन ठेकेदार कम्पनीलाई निर्देशन दिएको जनाए उत्तरदक्षिण जोड्ने बबई पुल भासिएपछि एक वर्षदेखि सवारी साधन आउजाउ बन्द छ

आईजीपी खनाल भन्छन्– प्रहरी मजबुत भएको छ, अपराध घटेको छ


१२ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा अपराधका घटनामा कमी आएको र नेपाल प्रहरी मजबुत हुँदै गएको बताएका छन् । समाजमा हुने बलात्कार लगायतका केसलाई लिएर प्रहरीमाथि दोष लगाउन नमिल्ने खनालको तर्क छ ।
कुनै व्यक्ति दोषी हो कि होइन भन्ने विषयमा प्रहरीले नै अनुसन्धान गर्ने बताउँदै महानिरीक्षक खनालले भने बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?’

कञ्चनपुर घटनाको प्रशंगमा कुरा गर्दा आइजीपी खनालले मानसिक रोगीले कुनै अपराध गर्न सक्दैन भनेर अनुमान लगाउन नमिल्ने बताए ।
प्रहरीले गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन’, आईजीपी खनालले भने, ‘अहिले प्रहरीले गर्ने अनुसन्धानमा शंकास्पद मान्छेको स्टेटमेन्ट नै लिइएन भने कोसँग जाने त ?’
आइजीपी खनालले एआईजीहरुको बढुवामा ढिलाइ नभएको बताए । उनले कुनै पनि प्रहरीको प्रमोशन नेतालाई भेटेका आधारमा नभएर उसको कार्यक्षमताका आधारमा गरिने बताए ।
सामयिक विषयमा आईजीपी खनालसँग अनलाइखबरले गरेको कुराकानीः
अहिले प्रहरी संगठन कमजोर हुँदै गएको हो ?
विल्कुलै होइन । धेरै मजबुद भएर गएको छ । पहिले भएका कमजोरीहरु पनि सबै ट्रयाकमा आएका छन् । यसको अनुभूति नै भएको छ नि । तर, सामाजिक रुपमा भएका घटनाहरुलाई लिएर मानिसहरुले प्रश्नहरु उठाएको हुन सक्छ ।
तर, अपराध अनुसन्धानमा प्रहरीको लापरवाही देखिन थाल्यो भन्ने गुनासाहरु आएका छन्, यस्तो किन भएको ?
प्रहरीले गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन । कसैले गर्न जरुरी पनि छैन । अहिले प्रहरीले गर्ने अनुसन्धानमा कसैलाई आएका सबुद प्रमाणका आधारमा हेर्दै गरेर जाने हो । कोही मान्छेलाई शंकास्पद छ र स्टेट्मेन्ट नै लिइएन भने कोसँग जाने त ? स्टेटमेन्टका आधारहरु पनि भेरिभाई गर्नुपर्ने हुन्छ । तर, यो अपराधी होइन, योचाहिँ हो भन्न त अरुको कसरी अधिकार होला र फेरि ? बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?
कञ्चनपुरको हकमा प्रहरीले गरेको अनुसन्धानमा सीआइबीको टोली पनि टाइममै गएको छ । त्यसलाई एकदमै उच्च प्राथमिकता दिएरै हेरेको छ ।
कुनै प्रहरीले काहीँकतै गडबडी गरेको भए स्पष्टरुपमा ठाउँको ठाउँ कारवाही हुन्छ । यसमा नेपाल प्रहरी संगठनको कमजोरी छ भन्ने मलाई लाग्दैन ।
कञ्चनपुरको केसमा प्रहरीले आलोचित हुनुपर्‍यो नि, हैन ? यद्यपि, सरकारले एसपीलाई निलम्बन गरिसक्यो । तपाईहरुले डीएसपी र इन्स्पेक्टरलाई हेडक्वार्टरमा तानिसक्नुभएको छ….
बलात्कारको कुरामा रौतहटमा त्यस्तै खालको (मानसिक सन्तुलन गुमाएको) मान्छेले तीन पटकसम्म सिरियल रेप गरेको छ । घटनाले देखाउँछ । बारामा त्यस्तै भयो । मगज अलि डिस्अर्डर टाइपको मान्छेले बलात्कार गरेको घटना आयो । त्यसर्थ यसले गर्छ र यस्तो भन्ने कुराको अनुमान गर्नुभन्दा पनि कसले गर्‍यो, त्यो कुरामा जान जरुरी छ ।
यस्तो कुरामा कसैले पुलिसले लुकाएर भन्ने एक प्रतिशत पनि तथ्य मचाहिँ मान्दिनँ । तल्लो लेभलमा भएका रहेछन् भने नचाहिने काम गर्नेलाई कारवाही हुन्छ । नभए पनि अर्को कुरा त खुल्न आउँछ आउँछ नि । व्यक्तिगतरुपमा त्यस्तो होला, तर संगठनले त अपराधीसँग सम्झौता गर्ने कुरा काहीँ पनि छैन ।
कतिपय अपराधीहरु कस्ता हुन्छन् भने दुनियाँ मुलुकहरुमा पनि यस्ता धेरै केसहरु रहेका हुन्छन् । एकैचोटि सबै खुल्दैनन्, कतिपय कम्प्लेक्स पनि हुन्छ कतिपय कुराहरु । जम्मा दुईजना हुन्छन्, त्यसमध्ये एउटाले होइन भनेपछि अर्को को हो त ? हो कि हैन भन्नेकुरा आजकल यातना दिएर गर्न हुन्न । टाइम कुर्नैपर्छ ।
हामीलाई अनुसन्धान गर्न कानूनले हामीलाई समय पनि दिएको छ नि, त्यो टाइम त हामीलाई दिनुपर्‍यो नि ।
यस्ता घटनाहरु पहिले पनि भएका छन् । कतिपय केसहरु १२/१४ वर्षपछि पत्ता लागेका केसहरु पनि छन् । कति त्यत्तिकै होलान् । तपाईले अमेरिकाका पनि देखिरहनुभएको छ नि । हिजोमात्रै त्यत्रो फायरिङ भयो अमेरिकामा ।
मतलव, नेपालमा अस्वाभाविक रुपमा अपराध बढेको होइन ?
अहिले म कुनै घटना भएको देख्दिनँ । योभन्दा हुन्छ ।
कसैलाई घरमा भएको बाबुले बलात्कार गरेको छ । काकाले गरेको छ । छिमेकीले गरेको छ । स्कुलको शिक्षकले गरेको छ । यो प्रहरीको दोष हुन सक्छ ? तर, यसमा अनुसन्धान गरेर मान्छेहरु पक्राउ भएका छन् । हामीले पक्राउ गरेर कानूनको दायरामा ल्याएका छौं ।
अहिले यस्ता घटनामा काहीँ पनि मिलापत्र हुँदैन । उजुरी दर्ता गरेर जानुपर्छ भन्ने कडा म्यासेज हामीले दिएका छौं । त्यो म्यासेज अनुसार मुद्दाहरु दर्ता हुने क्रम पनि बढेको छ ।
पहिलेजस्तो गाउँमा दुई/चारजना बसेर यसो मिलापत्र गरौं भन्ने सुनिन्थ्यो, अब मैले के भनेको छु भने यस्ता केसमा कुनै मोलाहिजा हुन्न, जसले गरेको हो, त्यो प्रहरीमा दर्ता भएर चल्नुपर्छ । अपराधीलाई कानूनको दायरामा ल्याउनुपर्छ । प्रहरी यसमा कडारुपमा लागेको छ ।
देशमा अपराध घट्दै छ कि बढ्दैछ त ?
यहाँले यस्सो हेर्दा गुण्डागर्दी देखिन्न । छ र ? छैन नि । तस्करी छैन सरकारले अहिले राजस्व बढेको छ भनेको छ । गुण्डागर्दी छैन । अरु मर्डर छैन । अरुखालका घटनाहरु छैनन् भनेपछि बढेको भन्ने त हामी काहीँ पनि देख्दैनौं नि ।
बलात्कारका घटना त बढिरहेका छन् नि ?
यो त सामाजिक संरचनाका कारणले पनि होला । केही पहुँचभन्दा बाहिरका कुराहरु छन् । कोही बाबुहरु नभएका, अभिभावकत्व नभएकाहरुसँग भएको छ ।
बलात्कारका केसहरु त पहिले पनि आएका थिए । तर, अहिले हामीले छोड्दैनौं । नछोडेपछि त मुद्दा दर्ता हुन आउँछ र डाटामा पनि देखिन्छ । तर, अपराधहरुमा कमी आएको छ । खाली कञ्चनपुर घटना, यस्ता खालका घटनाले त्यस्तो देखाएको हो ।
प्रहरीले ड्युटी राम्रैसित निभाइरहेको छ भन्दा हुन्छ ?
हामीले त निस्फिक्रीका साथ काम गरेका छौं । प्रहरीहरु सफल भएका छन् । विप्लवका त्यत्रा मान्छे पक्राउ परेका छन् । हामीले काम नगर्ने त कुरै छैन नि । त्यत्रो मान्छे पक्राउ गरेका छौं । प्रकाण्डदेखि लिएर १०/१२ जना पक्राउ गरिसक्यौं ।
अस्ति दुई/तीनपटक नेपाल बन्द गरे, कहाँ सफल भयो ? यो त प्रहरीकै हो नि त । कसले आएर गरेको हो ? मैले नै गरेको हो त भन्दिनँ । तर, सर्वेन्द्रको नेतृत्व आएपछि भएको हो त भन्न पाइयो होला नि । काम गरेकोमा जस पनि त दिनुपर्‍यो नि ।
तपाईलाई माओवादीसँग नजिक भन्ने आरोप छ नि ?
त्यो कसैको व्यक्तिगत होला । प्रष्टै के हो भने मलाई नेपाल सरकारले आइजीपी बनाएको हो । राम्रो गर्नका लागि बनाएको हो, म राम्रो काममात्रै गर्छु ।
माओवादी नजिक भन्ने नै भएन नि, उहाँ गृहमन्त्री हो । हामीले काम गर्ने गृहमन्त्रीज्यूसँग हो । गृह मन्त्रालयसँग हो । त्यसपछि आएर नेपाल सरकार प्रधानमन्त्रीज्यूसँग हो ।
नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यूले गरेपछि हामी उहाँसँग टाढा भन्ने कुरै छैन नि । नेपाल सरकारले राम्रोका लागि बनाएको हो, म राम्रै गर्छु ।
मलाई प्रधानमन्त्रीज्यूले नै आइजीपी बनाउनुभएको हो । क्याबिनेटले नचाहेको भए म हुने कुरा हुन्छ र ?
एसपी, एसएसपीसमेत गृहमन्त्रीका घरघरमा धाउने थालेका हुन् ?
कतिपय भेटहरु बोलाएर गरिएका होलान् । मैले सिधै गृहमन्त्रीकहाँ नजानोस् भन्नुभन्दा पनि आफ्नो कार्यक्षमता प्रदर्शन गर्नोस्, त्यसैका आधारमा मूल्यांकन हुन्छ भनेको छु ।
अर्को कुरा के हो भने त्यहाँ गएकै भरमा प्रमोसन भएको छैन । जाने कुरा उहाँहरुको भयो, तर दौडिएका भरमा कसैको मूल्यांकन भएको छैन । क्षमताकै आधारमा सबैको मूल्यांकन हुन्छ ।
एआइजीहरुको बढुवामा ढिलाइ भइरहेको गुनासो प्रधानमन्त्रीले समेत गरेको सुनियो…..
दरबन्दी कति राख्ने भन्ने सुरुमा आएन । दरबन्दी आइसकेपछि कार्यसम्पादन मूल्यांकनलाई कुर्नैपर्ने थियो । त्यो बाध्यात्मक अवस्था हो ।
कार्यसम्पादन मूल्यांकन साउनदेखि सुरु हुन्छ । त्यो आएपछि मात्रै बढुवा गर्नुपर्ने भएकाले यस्तो भएको हो । यसमा हामीले न्यूनतम समय त कुर्नैपर्ने हुन्छ । तर, अहिले धेरै कुर्नुपरेको होइन ।
योभन्दा पहिलेका बढुवाहरु धेरै रोकिएका थिए । तलका इन्स्पेक्टर, डीएसपीका सबै रोकिएका थिए ।
एआइजी त १६/१७ जना पहिल्यै भएका थिए । कति एआइजी राख्ने भन्ने टुंगो लागेको थिएन । कति एआइजी राख्ने भन्ने सरकारबाट निक्र्यौैल भएर आइसकेपछि कार्यसम्पादनको समय कुर्नेक्रममा एकाध महिना लागेको हो । योबाहेक ढिलो भएको छैन ।
योभन्दा पहिलेका आइजी साहेबहरुका पालामा त ७/८ महिनासम्म एआइजीको बढुवा रोकिएका थिए । खाली, अहिले हामीलाई देखाएमात्रै पनि त भएन नि । पहिले बिग्रिएका बेथितिहरुलाई हामीले अहिले थितिमा ल्याउनुपरेको छ ।

नेपाली विद्यार्थीका लागि अमेरिकी प्रोफेसरद्वारा छात्रवृत्ति घोषणा


अमेरिका / अमेरिकी प्रोफेसर डा. टड ह्वाइटले नेपालमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक विकास छात्रवृत्तिको घोषणा गरेका छन्। उनी अमेरिकाको न्यु मेक्सिकोस्थित युनिभर्सिटी अफ न्यु मेक्सिकोमा प्राध्यापनरत छन् ।
नेपाली विद्यार्थीहरूका माझ निकै नै लोकप्रिय रहेका ह्वाइटले नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।

नेपाल र नेपालीलाई धेरै माया गर्ने उनी आफू नेपाल जाने अत्यधिक चाहना भएको र छिट्टै नै यस्तै अन्य केही योजनाका साथ नेपाल जाने बताएका छन् ।
उक्त शैक्षिक बिकास छात्रवृत्तिलाई अझै बिकसित बनाइ नेपालभरी नै फैलाउने उक्त छात्रवृत्ति कोषका संरक्षक त्रिभुवन पाण्डेले बताए ।
साथै, कोषले प्राथमिक चरणमा स्याङ्जा जिल्लाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत पाँच/पाँच जेहेन्दार छात्रछात्रालाई सहयोग गर्ने पनि उनले जानकारी दिए ।

Monday, August 27, 2018

किशोरी हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै


कञ्चनपु कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो 
एक सातापछि खुलेको महेन्द्रनगर बजारमा सोमबार बिहान देखिएको चहलपहल । 



जिल्ला प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद रूपमा हेरेको किशोरी पढ्न गएको बम परिवारको घर, शव भेटिएको स्थानलगायत क्षेत्रमा समेत अनुसन्धान गरिरहेको उनले जनाए उनीहरूबाट आवश्यक सूचना लिने र त्यसलाई पछ्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘तत्कालै केही भनिहाल्ने अवस्थामा छैनौं 

एसपी कडायतले यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका २ बाग्फाँटाका दिलीप विष्टबारे पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । साताअघि जिल्ला प्रहरीले घटनाका मुख्य आरोपी भनिएका मानसिक अवस्था ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले असन्तुष्टि जनाउँदै आन्दोलन चर्काएका हुन् । आन्दोलनपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित एसपी र डीएसपी सबैलाई केन्द्र फिर्ता गरेर नयाँ अधिकारी पठाएको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई निलम्बन गरिएको छ 
नयाँ अधिकारी आएपछि घटनाको पुन: प्रारम्भिक रूपमै अनुसन्धान थालिएको छ हामीलाई उच्चस्तरीय छानबिन समितिबाट पनि केही सूचना प्राप्त हुनेछ,’ एसपी कडायतले भने, ‘यसले पनि अनुसन्धानमा सहज र सहयोग पुग्नेछ 

स्थानीयले आन्दोलन चर्काएपछि गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि आवश्यक सूचना संकलनको काम गरिरहेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलपछि पीडित पक्ष, घटनास्थल, किशोरी पढ्न गएको घर र प्रहरीले सार्वजनिक गरेका व्यक्तिका परिवारसँग अवाश्यक सूचना संकलन गरिएको समिति संयोजक हरिप्रसाद मैनालीले बताए एक चरण सबैलाई भेटिसकेका छौं,’ उनले भने, ‘हामीहरू सूचना संकलनमै लागेका छौं, प्रहरीसँग पनि यस विषयमा सूचना लिइरहेका छौं 

सीआईबी टोली फर्कियो
घटनालगत्तै अनुसन्धानमा महेन्द्रनगर पुगेको सीआईबी टोली फिर्ता भएको छ । टोलीले गरेको अनुसन्धानसमेत शंकास्पद देखिएपछि फिर्ता भएको चर्चा छ । गत सोमबार अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरिएपछि सीआईबीप्रति स्थानीय आक्रोशित बनेका हुन् । मृतक किशोरीका बुवा यज्ञराज त सीआईबीको टोलीले अनावश्यक दबाब दिएर घरमा बस्नै नसकिने वातावरण बनाएको बताउँछन् 

अनुसन्धान त जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी त हामीलाई सहयोग गर्नमात्रै आएको हो,’ कडायतले भने, ‘अझ पनि प्राविधिक सहयोग सीआईबीले नै गर्नुपर्छ साउन ११ गते किशोरीको शव भेटिएको दोस्रो दिन डीएसपी अंगुर जीसी नेतृत्वमा ३ सदस्यीय सीआईबी टोली यहाँ आएको थियो 

सामान्य बन्दै महेन्द्रनगर
गत सोमबार प्रहरीले अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेपछि चर्केको आन्दोलनपछि तनावग्रस्त बनेको महेन्द्रनगर बजार सामान्य बन्दै गएको छ । प्रहरीले बिहीबार र शुक्रबार प्रदर्शनकारीमाथि गोली चलाउँदा झनै उग्र बनेको आन्दोलन लगातारको कफ्र्युपछि बजार क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सहज हुँदै गएको छ 

शुक्रबार राति ८ बजे सुरु कफ्र्यु आइतबार बिहानमात्रै केही घण्टाका लागि खुला गरिएको थियो । दिनभरि पुन: कफ्र्यु लगाएर साँझ केहीबेर खुला गरियो । सोमबार भने दिनभरि कफ्र्यु हटाइयो । यसअघि सोमबार दिउँसो कफ्र्यु लाग्ने निर्णय भए पनि अवस्था सहज बन्दै गएका कारण दिनभरि खुला गरिएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । सोमबार साँझ ६ देखि मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय भएको उनले बताए । कफ्र्यु खुलेसँगै महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । करिब सातापछि बजार र यातायात खुलेको छ 
SHARE TO CLICK ON FACEBOOK 


Posted by chander.
28-Aug-18