ad

Tuesday, August 28, 2018

नेपाली विद्यार्थीका लागि अमेरिकी प्रोफेसरद्वारा छात्रवृत्ति घोषणा


अमेरिका / अमेरिकी प्रोफेसर डा. टड ह्वाइटले नेपालमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक विकास छात्रवृत्तिको घोषणा गरेका छन्। उनी अमेरिकाको न्यु मेक्सिकोस्थित युनिभर्सिटी अफ न्यु मेक्सिकोमा प्राध्यापनरत छन् ।
नेपाली विद्यार्थीहरूका माझ निकै नै लोकप्रिय रहेका ह्वाइटले नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।

नेपाल र नेपालीलाई धेरै माया गर्ने उनी आफू नेपाल जाने अत्यधिक चाहना भएको र छिट्टै नै यस्तै अन्य केही योजनाका साथ नेपाल जाने बताएका छन् ।
उक्त शैक्षिक बिकास छात्रवृत्तिलाई अझै बिकसित बनाइ नेपालभरी नै फैलाउने उक्त छात्रवृत्ति कोषका संरक्षक त्रिभुवन पाण्डेले बताए ।
साथै, कोषले प्राथमिक चरणमा स्याङ्जा जिल्लाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत पाँच/पाँच जेहेन्दार छात्रछात्रालाई सहयोग गर्ने पनि उनले जानकारी दिए ।

Monday, August 27, 2018

किशोरी हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै


कञ्चनपु कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो 
एक सातापछि खुलेको महेन्द्रनगर बजारमा सोमबार बिहान देखिएको चहलपहल । 



जिल्ला प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद रूपमा हेरेको किशोरी पढ्न गएको बम परिवारको घर, शव भेटिएको स्थानलगायत क्षेत्रमा समेत अनुसन्धान गरिरहेको उनले जनाए उनीहरूबाट आवश्यक सूचना लिने र त्यसलाई पछ्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘तत्कालै केही भनिहाल्ने अवस्थामा छैनौं 

एसपी कडायतले यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका २ बाग्फाँटाका दिलीप विष्टबारे पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । साताअघि जिल्ला प्रहरीले घटनाका मुख्य आरोपी भनिएका मानसिक अवस्था ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले असन्तुष्टि जनाउँदै आन्दोलन चर्काएका हुन् । आन्दोलनपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित एसपी र डीएसपी सबैलाई केन्द्र फिर्ता गरेर नयाँ अधिकारी पठाएको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई निलम्बन गरिएको छ 
नयाँ अधिकारी आएपछि घटनाको पुन: प्रारम्भिक रूपमै अनुसन्धान थालिएको छ हामीलाई उच्चस्तरीय छानबिन समितिबाट पनि केही सूचना प्राप्त हुनेछ,’ एसपी कडायतले भने, ‘यसले पनि अनुसन्धानमा सहज र सहयोग पुग्नेछ 

स्थानीयले आन्दोलन चर्काएपछि गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि आवश्यक सूचना संकलनको काम गरिरहेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलपछि पीडित पक्ष, घटनास्थल, किशोरी पढ्न गएको घर र प्रहरीले सार्वजनिक गरेका व्यक्तिका परिवारसँग अवाश्यक सूचना संकलन गरिएको समिति संयोजक हरिप्रसाद मैनालीले बताए एक चरण सबैलाई भेटिसकेका छौं,’ उनले भने, ‘हामीहरू सूचना संकलनमै लागेका छौं, प्रहरीसँग पनि यस विषयमा सूचना लिइरहेका छौं 

सीआईबी टोली फर्कियो
घटनालगत्तै अनुसन्धानमा महेन्द्रनगर पुगेको सीआईबी टोली फिर्ता भएको छ । टोलीले गरेको अनुसन्धानसमेत शंकास्पद देखिएपछि फिर्ता भएको चर्चा छ । गत सोमबार अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरिएपछि सीआईबीप्रति स्थानीय आक्रोशित बनेका हुन् । मृतक किशोरीका बुवा यज्ञराज त सीआईबीको टोलीले अनावश्यक दबाब दिएर घरमा बस्नै नसकिने वातावरण बनाएको बताउँछन् 

अनुसन्धान त जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी त हामीलाई सहयोग गर्नमात्रै आएको हो,’ कडायतले भने, ‘अझ पनि प्राविधिक सहयोग सीआईबीले नै गर्नुपर्छ साउन ११ गते किशोरीको शव भेटिएको दोस्रो दिन डीएसपी अंगुर जीसी नेतृत्वमा ३ सदस्यीय सीआईबी टोली यहाँ आएको थियो 

सामान्य बन्दै महेन्द्रनगर
गत सोमबार प्रहरीले अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेपछि चर्केको आन्दोलनपछि तनावग्रस्त बनेको महेन्द्रनगर बजार सामान्य बन्दै गएको छ । प्रहरीले बिहीबार र शुक्रबार प्रदर्शनकारीमाथि गोली चलाउँदा झनै उग्र बनेको आन्दोलन लगातारको कफ्र्युपछि बजार क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सहज हुँदै गएको छ 

शुक्रबार राति ८ बजे सुरु कफ्र्यु आइतबार बिहानमात्रै केही घण्टाका लागि खुला गरिएको थियो । दिनभरि पुन: कफ्र्यु लगाएर साँझ केहीबेर खुला गरियो । सोमबार भने दिनभरि कफ्र्यु हटाइयो । यसअघि सोमबार दिउँसो कफ्र्यु लाग्ने निर्णय भए पनि अवस्था सहज बन्दै गएका कारण दिनभरि खुला गरिएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । सोमबार साँझ ६ देखि मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय भएको उनले बताए । कफ्र्यु खुलेसँगै महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । करिब सातापछि बजार र यातायात खुलेको छ 
SHARE TO CLICK ON FACEBOOK 


Posted by chander.
28-Aug-18