ad

Wednesday, August 29, 2018

बिमस्टेकमा भाग लिन ६ देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौंमा [Update]

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ ।


प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने छन्।

अबको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलेबिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखकोसम्मानको लागि सामूहिक भेटवार्ता र दिवा भोजको आयोजना गरेकी छन् । यसको लागि मध्यान्ह सातै देशमा राष्ट्र तथा सरकार प्रमुख शीतल निवास पुग्नेछन् ।

बिमस्टैकमा भाग लिन थाइल्यान्डकाप्रधानमन्त्री प्रायुत व चा पनि काठमाडौं आइपुगेका छन्। थाइ प्रधानमन्त्री काठमाडौं ओर्लिएसँगै सबै देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आइसकेका छन्।


थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाका स्वागतका लागि विमानस्थल जान उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र सुरक्षा दस्ता तयारी अवस्थामा रहेको छ।

आज बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। उनीहरु दुवै जना सम्मेलनस्थल सोल्टी होटल पुगिसकेका छन्।

उनीहरुलाई त्रिभुवन विमानस्थलको अति विशष्ट कक्षमा उपप्रभान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वाग गरेका थिए।


सम्मेलनमा भाग लिनका लागि यसअघि म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकका का राष्ट्रपति मैत्रीपालासिरिसेना आइपुगिसकेका छन्।

डुंगा दुर्घट्नामा बेपत्ता ५ जनाकै मृत्यु

रौतहट — रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा शनिबार भएको डुंगा दुर्घट्नामा परी हराईरहेका ५ जनाकै शव फेला परिसकेको छ ।

उक्त घट्नामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार घट्नास्थलबाट ८ किलोमिटर दक्षिण भारतीय भूमिबाट थप एकको शव फेला पारेको हो ।

भारतको शिवहर जिल्लाको बेलाघाटमा बिहान मृत अवस्थामा गौर नगरपालिका–४ टिकुलीयाकी ४५ वर्षीया इन्दुदेवी कुर्मीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

उनी बकैया खोलामा घाँस काटेर घर फर्कने क्रममा डुंगा दुर्घटनामा परेकी हुन् । घट्नाको ४ दिनपछि उनको शव फेला परेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बेपत्ता भएका सबै मृत फेला परेको बताए । ‘हामीलाई स्थानीयले टिपाएको नामावली अनुसार दुर्घटनामा ५ जना बेपत्ता भएको हो,’ उनले भने, ‘सबै मृत अवस्थामा भारतीय भूमिमा फेला परिसकेका छन् ।’ भारतीय सुरक्षा अधिकारीको सहयोगमा बेपत्ता सबैको शव फेला पारिएको हो ।

शनिबार राती टिकुलीयाका गाउँलेहरु खेतमा काम गर्न डुंगा चढेर पारी आउन लाग्दा अचानक घाटबाट केही पर दक्षिणतिर डुंगा मोडिएर पुलको पिलरमा ठोक्किएर डुबेको थियो ।

पिलरमा ठोक्किएर डुंगा टुक्रा टुक्रा भएको थियो । त्यसमा सबार मध्ये २४ जना पौडिएर बाहिर निस्केका थिए ।

न्यायको माग ट्वीटरमा ट्रेन्डिङ

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरीलाई न्याय माग गर्दै भएका ट्विट शुक्रबार ट्वीटरमा ट्रेन्डिङ भयो । जस्टिसफरनिर्मला ह्यासट्यागमा शुक्रबार दिनभर करिब २७ हजार ट्वीट भए ।

ट्वीटर प्रयोगकर्ताहरुले बलात्कार र हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको, सरकारले यसमा चासो नेखाएको बिषयमा घच्घच्याएका थिए। ट्वीटर प्रयोगकर्ताले कञ्चनपुरमा बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि गोली चलाइएको घटनाको पनि विरोध गरेका छन्।

‘आफ्नी छोरी चेलीलाई बलात्कार गर्ने र निर्ममतापूर्वक मार्ने अपराधीलाई सजाय देऊ भनेर रुँदै, चिल्लाउँदै सडकमा हारगुहार गरिरहेका नागरिकमाथि गोली चलाउने सरकार कहिल्यै मेरो सरकार होइन,’ साहित्यकार भूपिन खडकाले ट्वीटरमा लेखेका छन्।

‘राज्य अघि सरेर निर्मम कारबाही गर्नुपर्ने बलात्कारीलाई कारबाही होस् भनेर गरिएको प्रदर्शनमा प्रहरी धरपकड हुनु र गोली चलाइनु अत्यन्तै निन्दनीय र घृणित छ,’ मानवी पौडेलले ट्वीटरमा लेखेकी छन्, ‘नागरिकले स्वतन्त्रतापूर्वक प्रदर्शन गर्न पाउने अधिकारमा अंकुश लगाउनु सरासर तानाशाही प्रवृत्ति हो।’ घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार १२ बजे माइतीघरमा प्रदर्शन पनि हुँदैछ।

Tuesday, August 28, 2018

कम्तीमा १,००,००० नेपालीले सेयर गरुन् !!!!!

कम्तीमा १,००,००० नेपालीले सेयर गरुन् !!!!!
जसमा तपाइको पनि १ सेयर होस् !!!!!!!!
share please✊🙏

किशोरी हत्या प्रकरण: विष्टको स्वास्थ्य परीक्षण काठमाडौंमा

स्थानीयको शंकामा परेका बम दिदीबहिनीसँग बुधबारदेखि बयान
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले साताअघि सार्वजनिक गरेको दिलीपसिंह विष्टलाई स्वास्थ्य परीक्षण गर्न मंगलबार काठमाडौं पठाइएको छ ।



मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको भन्दै आन्दोलन चर्केपछि प्रहरीले घटनाको प्रारम्भिक चरणबाट अनुसन्धानसँगै विष्टलाई स्वास्थ्य परीक्षण गर्न पठाएको हो । प्रहरीका अनुसार उनको महाराजगन्जस्थित टिचिङ अस्पताल र पाटनस्थित मानसिक अस्पतालमा परीक्षण गरिनेछ ।

‘पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको भन्ने विषयले व्यापकता पाएपछि उनको मानसिक अवस्थाबारे बुझ्न परीक्षण गर्न लागिएको हो,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘यसबाहेक अन्य आवश्यक स्वास्थ्यसम्बन्धी जाँच पनि गरिनेछ ।’ उनलाई धनगढी हुँदै हवाईजहाजबाट काठमाडौं पठाएको हो ।

जिल्ला प्रहरीले गत सोमबार भीमदत्त नगरपालिका १९ बाग्फाँटाका विष्टलाई निर्मलाको बलात्कारपछि हत्याको दोषीका रूपमा सार्वजनिक गरेको थियो । मानसिक रूपले अस्वस्थ र अशक्त तथा घटनाको मुख्य आरोपी भनेर पत्याउनै नसकिने निर्दोष व्यक्तिलाई प्रहरीले पक्राउ गरेर घटना ढाकछोप गरेर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप लगाउँदै पीडित र स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । यही कारण साता दिनसम्म महेन्द्रनगर अशान्त हुन पुग्यो । आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १ किशोरको ज्यानै गयो ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै स्थानीयले आशंका गरेका बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीहरूलाई अदालतबाट ६ दिनको म्याद थपेर आवश्यक सूचना संकलन तथा बयान लिन थालिएको प्रहरीले जनाए । ‘घटनास्थलको अध्ययन तथा शंकास्पद बम परिवारको घरको पनि अध्ययन भइरहेको छ,’ कडायतले भने, ‘अनुसन्धान अधिकृत र सरकारी वकिल सँगै गएर घटनास्थलको अध्ययन गरेका छन् ।’

सरकारी वकिल र अनुसन्धान अधिकृत घटनास्थलमा सँगै जाने चलन विगतमा भए पनि बीचमा रोकिएको थियो । निर्मला घटनामा भने यो अभ्यास गरिएको छ । सर्वत्र चासोको विषय भएकाले पनि यसमा सरकारी वकिललाई पनि अवस्था बुझ्न सहज होस् भनेर यस्तो गरिएको एसपी कडायतले बताए । उनका अनुसार २०४८ अघि यस्तो चलन थियो ।

कडायतले बुधबारदेखि बम दिदीबहिनीसँग बयान लिने जानकारी दिए । ‘अनुसन्धान क्रम अगाडि बढ्दै जाँदा घटनाको केही न केही तथ्य बाहिर आउँछ,’ उनले भने, ‘अहिले अनुसन्धानबारे सबै कुरा सार्वजनिक गर्ने अवस्था भइसकेको छैन, हामी अत्यन्त गम्भीर भएर अनुसन्धानमा छौं, अघि बढ्दै जाँदा केही निष्कर्ष निस्कने आशा गरौं ।’ तत्कालीन एसपी दिल्लीराज विष्टले गराएको अनुसन्धान मिसिल तथा प्रमाणहरूको पनि अध्ययन भइरहेको कडायतले जनाए । ‘हिजोको अनुसन्धान पनि एउटा आधार हो,’ उनले भने, ‘यसबाहेक हामी आन्तरिक रूपमा गर्नुपर्ने प्राविधिक पक्षतर्फ पनि लागिरहेका छौं ।’

यतिबेला निर्मला हत्याकाण्ड जताततै चर्चाको विषय बनेको छ । प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै आन्दोलन चर्केपछि गृह मन्त्रालयले तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी विष्ट, डीएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकिन्द्र खड्कालाई केन्द्र तानेको छ । विष्टलाई निलम्बन नै गरेको छ ।

नयाँ एसपी, डीएसपीलगायत प्रमुख जिल्ला अधिकारीले अब कसरी अनुसन्धान अघि बढाउँछन् भन्नेमा सबैको चासो छ । बलात्कारपछि हत्या गरिएको घटनामा भएको लापरबाहीप्रति स्थानीय आक्रोशित बनेका हुन् । जिल्ला प्रहरीसँगै गृहले गठन गरेको उच्चस्तरीय छानबिन समिति पनि सरोकारवालासँग भेटघाट र सूचना संकलनमा लागेको छ ।

जनजीवन सामान्य हुँदै
सदरमुकामको जनजीवन सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले मंगलबारबाट कफ्र्यु अवधि पनि घटाएको छ । मंगलबार बिहान ५ देखि साँझ ८ बजेसम्म कफ्र्यु हटाइएको कञ्चनपुरका सहायक प्रजिअ शंकर विष्टले जानकारी दिए । रातको समय साँझ ८ देखि बुधबार बिहान ४ बजेसम्म कफ्र्यु जारी रहने उनले बताए ।