ad

Wednesday, August 29, 2018

डुंगा दुर्घट्नामा बेपत्ता ५ जनाकै मृत्यु

रौतहट — रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा शनिबार भएको डुंगा दुर्घट्नामा परी हराईरहेका ५ जनाकै शव फेला परिसकेको छ ।

उक्त घट्नामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार घट्नास्थलबाट ८ किलोमिटर दक्षिण भारतीय भूमिबाट थप एकको शव फेला पारेको हो ।

भारतको शिवहर जिल्लाको बेलाघाटमा बिहान मृत अवस्थामा गौर नगरपालिका–४ टिकुलीयाकी ४५ वर्षीया इन्दुदेवी कुर्मीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

उनी बकैया खोलामा घाँस काटेर घर फर्कने क्रममा डुंगा दुर्घटनामा परेकी हुन् । घट्नाको ४ दिनपछि उनको शव फेला परेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बेपत्ता भएका सबै मृत फेला परेको बताए । ‘हामीलाई स्थानीयले टिपाएको नामावली अनुसार दुर्घटनामा ५ जना बेपत्ता भएको हो,’ उनले भने, ‘सबै मृत अवस्थामा भारतीय भूमिमा फेला परिसकेका छन् ।’ भारतीय सुरक्षा अधिकारीको सहयोगमा बेपत्ता सबैको शव फेला पारिएको हो ।

शनिबार राती टिकुलीयाका गाउँलेहरु खेतमा काम गर्न डुंगा चढेर पारी आउन लाग्दा अचानक घाटबाट केही पर दक्षिणतिर डुंगा मोडिएर पुलको पिलरमा ठोक्किएर डुबेको थियो ।

पिलरमा ठोक्किएर डुंगा टुक्रा टुक्रा भएको थियो । त्यसमा सबार मध्ये २४ जना पौडिएर बाहिर निस्केका थिए ।

No comments:

Post a Comment