ad

Wednesday, August 29, 2018

न्यायको माग ट्वीटरमा ट्रेन्डिङ

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरीलाई न्याय माग गर्दै भएका ट्विट शुक्रबार ट्वीटरमा ट्रेन्डिङ भयो । जस्टिसफरनिर्मला ह्यासट्यागमा शुक्रबार दिनभर करिब २७ हजार ट्वीट भए ।

ट्वीटर प्रयोगकर्ताहरुले बलात्कार र हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको, सरकारले यसमा चासो नेखाएको बिषयमा घच्घच्याएका थिए। ट्वीटर प्रयोगकर्ताले कञ्चनपुरमा बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि गोली चलाइएको घटनाको पनि विरोध गरेका छन्।

‘आफ्नी छोरी चेलीलाई बलात्कार गर्ने र निर्ममतापूर्वक मार्ने अपराधीलाई सजाय देऊ भनेर रुँदै, चिल्लाउँदै सडकमा हारगुहार गरिरहेका नागरिकमाथि गोली चलाउने सरकार कहिल्यै मेरो सरकार होइन,’ साहित्यकार भूपिन खडकाले ट्वीटरमा लेखेका छन्।

‘राज्य अघि सरेर निर्मम कारबाही गर्नुपर्ने बलात्कारीलाई कारबाही होस् भनेर गरिएको प्रदर्शनमा प्रहरी धरपकड हुनु र गोली चलाइनु अत्यन्तै निन्दनीय र घृणित छ,’ मानवी पौडेलले ट्वीटरमा लेखेकी छन्, ‘नागरिकले स्वतन्त्रतापूर्वक प्रदर्शन गर्न पाउने अधिकारमा अंकुश लगाउनु सरासर तानाशाही प्रवृत्ति हो।’ घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार १२ बजे माइतीघरमा प्रदर्शन पनि हुँदैछ।

No comments:

Post a Comment